दफा २८
साधारण सभा
: (१) प्राधिकरणको जम्मा निष्काशित शेयरपूंजीको कम्तिमा दश प्रतिशत मूल्यको शेयर सर्वसाधारण जनतामा बिक्री भईसकेपछि प्रत्येक वर्ष लेखा परीक्षण समाप्त भई त्यसको प्रतिवेदन प्राप्त भएको मितिले तीन महीनाभित्र प्राधिकरणको प्रधान कार्यालयमा बार्षिक साधारण सभा गरिनेछ ।
(२) प्राधिकरणको जम्मा चुक्ता शेयर पूँजीको कम्तिमा दश प्रतिशत मूल्यको शेयर लिने शेयरवालाहरुले लिखित अनुरोध गरेमा वा समितिले आवश्यक ठहर्याएमा कुनै पनि समयमा प्राधिकरणको विशेष साधारण सभा गरिनेछ ।
(३) शेयरवालाहरुको दर्ता किताबमा शेयरवालाको रुपमा नाम दर्ता भएका शेयरवालाहरुको जम्मा संख्याको पच्चीस प्रतिशत शेयरवालाहरु आफै वा आप्ःनो प्रतिनिधिद्वारा उपस्थित भएमा साधारण सभाको गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) वार्षिक साधारण सभामा प्राधिकरणको नाफा नोक्सानीको हिसाब तथा वासलात, लेखापरीक्षकको प्रतिवेदन र प्राधिकरणको वर्ष भरिको काम सम्बन्धी समितिको प्रतिवेदन उपर छलफल गरिनेछ ।
(५) शेयरवालाहरुको दर्ता किताबमा शेयरवालाको रुपमा नाम दर्ता भएका शेयरवालाले आफै उपस्थित भई वा अन्य कुनै शेयरवालालाई रीतपूर्वक आफ्नो प्रतिनिधि नियुक्त गरी सो प्रतिनिधिद्वारा साधारण सभामा मत दिन पाउनेछ ।
तर प्राधिकरणले माग गरेको शेयरको चुक्ता हुन बाँकी रकम भुक्तान नगर्ने शेयरवालाले त्यसरी मत दिन पाउने छैन ।
(६) साधारण सभाको सभापतित्व समितिको अध्यक्षले वा निजको अनुपस्थितिमा साधारण सभामा उपस्थित शेयरवालाहरुले बहुमतद्वारा आफू मध्येबाट छानेका व्यक्तिले गर्नेछ ।